मन्‍त्रालयमै उल्टो झुण्ड्याइयो राष्ट्रिय झण्डा

रिपोर्ट नेपाल | 2018 Jul 09 | 09:14 am 4197

काठमाडौं, असार २५ : प्रदेश नम्वर ७ को सामाजिक विकास मन्त्रालयमा राष्ट्रिय झण्डा नै उल्टो झुण्‍ड्‍याइएको छ।

राष्ट्रिय झण्डाको चन्द्र माथी र सुर्य तल हुनुपर्ने हो तर मन्त्रालयले माथी सुर्य र तल चन्द्र भएको नेपाली राष्ट्रिय झण्डा झुण्डाएको हो। यसअघि मन्त्रालयमा लगाईएको झण्डा च्यातिएर झुत्रो भएपछि फेरेको मन्त्रालयले अहिले राष्ट्रिय झण्डाको अपमान हुनेगरि उल्टो राष्ट्रिय झण्डा झुण्डाएको छ।

नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो र दुई मात्र चारकुने आकार नभएको सरकारी झण्डा मध्येको एक हो। (अर्को झण्डा चाहिँ संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो) नेपालको झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ।

माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ। नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.