मन्दिरबाट चोरी ल्याएका मूर्ति र सामान सहित एकजना पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 17 | 08:25 pm 2466

काठमाडौं, असोज ३१ : टोखा नगरपालिका ५ बसुन्धरास्थित कल्कीनारायण मन्दिरबाट चोरी भएका कल्कीनारायण र पदमावतीको घोडामाथि सवार मूर्ति तथा अन्य सामानसहित टोखा नगरपालिका ५ धापासी हाइट डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका ८ का २२ वर्षीय सुबे परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त मन्दिरबाट असोज २५ गते राति मूर्ति समेतका सामान चोरी भएपछि खोजी गर्ने क्रममा परियारको कोठामा लुकाई छिपाई राखेको अवस्थामा उक्त मूर्ति र सबै सामानहरू फेला पारी महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले परियारलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.