काठमाडौं, वैशाख ९ : तारा एयरको विमान रामेछापको मन्थली विमानस्थलमा दुर्घटना भएको छ। सोमबार तारा एयरको ९–एन एकेके कल साइनको डोर्नियर विमान टायर पन्चड (ल्यान्डिग गियर फेल) भएपछि दुर्घटना भएको थियो ।
उक्त विमान काठमाडौंबाट लुक्काका लागि उडान भरेको र विमान मौसम खराबीको कारण त्यहाँ अवतरण गर्ने नसकेपछि रामेछापको मन्थली विमानस्थलमा फर्किएको स्रोतल बताए । विमानमा १४ जना यात्रु रहेका थिए तर दुर्घटनाबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणकार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन्। अहिले रामेछाप विमानस्थलको बन्द गरिएको छ । विमानलाई हटाइएपछि मात्र उडान सूचारु हुने बुझिएको छ।