मन्त्री सोडारीकी पत्नी बिरूद्ध भ्रष्टाचार मुद्दा दायर

| 2022 Sep 23 | 06:44 pm 1825

काठमाडौँ, असाेज ७ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक गीता सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। कैलालीको धनगढी-९ स्थित शिव माविमा उनले राहत शिक्षकका रूपमा काम गरेकी थिइन्।

बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ। शिक्षक सोडारी सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.