राजकीय सम्मानका साथ मन्त्री रविन्द्र अधिकारीको अन्त्येष्टि

| 2019 Mar 01 | 06:23 pm 1883

पोखरा, फागुन १७  : हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको यहाँको रामघाटमा आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । सरकारको निर्णयअनुसार अधिकारीको शव राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

पोखरा महानगरपालिकाको रामघाटमा अन्त्येष्टि गर्नुअघि मन्त्री अधिकारीको पार्थिव शरीरमा श्रीमती विद्या, छोराद्वय विराज र स्वराजले दागबत्ति दिए ।

अधिकारीको शव आजै काठमाडौंबाट पोखरा लगिएको थियो । पोखरा प्रदर्शनीस्थलमा श्रद्धाञ्जली सभापछि रामघाटसम्म शवयात्रा गरिएको थियो । त्यसअघि प्रदर्शनी केन्द्रबाट शुक्रबार दिउँसो निकालिएको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा र गीता मन्दिर मार्ग हुँदै रामघाटमा पुर्‍याइएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.