मन्त्री यादवद्वारा राति नै पेट्रोल पम्पमा छड्के, तीन पेट्रोल पम्प बन्द

| 2018 Jun 12 | 03:57 pm 3469

महेन्द्रनगर, धनुषा २९ जेठ : पेट्रोलियम पदार्थमा कालोबजारी गरेको आरोपमा जनकपुरस्थित तीन पेट्रोल पम्प बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी तोकिएको मूल्यभन्दा बढी मूल्यमा बिक्रीवितरण गरिरहेको आरोपमा जिरो माइलको भी आयल तथा मुजेलियाको बाबा पेट्रोल पम्प र जनकपुर डिजेल सेन्टर बन्द गरिएको छ ।

पेट्रोलियम पदार्थमा कालोबजारी भइरहेको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सोमबार राति ती पेट्रोल पम्पमा छड्के गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.