काठमाडौं, साउन ९: तत्कालिन नेकपा एमालेबाट सासंद बनेका डोल्पाका धनबहादुर बुढालार्इ पदबाट राजिनामा दिन नेकपाले दबाब सिर्जना गरेको छ। उक्त क्षेत्रबाट नेकपाकै अर्का नेता वामदेव गौतमलार्इ सासंद बनाउने तयारी भइरहेको छ।
पार्टीका दुई अध्यक्ष केपी ओली र पुषपकमल दाहाल प्रचण्डले ‘संसद्मा तपाईंको आवश्यकता परेको’ भन्दै गौतमलाई प्रतिनिधिसभामा ल्याउने आश्वासन पनि दिइसकेका छन्।
वामदेवलार्इ सासंद बनाएर ओलि सजिलो बाटोमा अघि बढ्न चाहान्छन्। प्रचण्डले अहिले वामदेवलार्इ सहयो गरे पछि महाधिवेशनमा आफूलार्इ सहयोग गर्ने अपेक्षामा उनी वामदेवलार्इ ससंदमा ल्याउन लागेका हुन्।
उनलाई प्रतिनिधिसभामा ल्याउन नेकपाले पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन नेकपा भित्रैबाट दबाब सिर्जना गरिएको छ।
सांसद बुढाले राजीनामा दिएपछि डोल्पामा उपनिर्वाचन हुनेछ। जसमा नेकपाले वामदेवलाई उम्मेदवार बनाउनेछ। ‘दुवै अध्यक्षले प्रतिनिधिसभामा तपाईंको आवश्यकता पर्यो, ल्याउँछौँ भन्नुभएको छ। थप कुरा अहिल्यै नभनौँ’, उनले भने।
स्रोतका अनुसार सांसद बुढाको राजीनामाबारे दुई अध्यक्षबीच छलफल भइसकेको छ। तर, कहिले भन्ने टुंगो भने लागेको छैन। बुढाको राजीनामा स्वीकृत भएपछि सरकारले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि आग्रह गर्ने स्रोतले जनाएको छ।