मन्त्री बिष्टकै गाउँमा अझै टुङ्गो लागेन गाउँपालिकाको केन्द्र

रिपोर्ट नेपाल | 2019 Jul 07 | 05:46 pm 1627

  • सन्तोष महतारा

गुल्मी, असार २२:  गुल्मीमा एक गाउँपालिकाको केन्द्र अझै टुङ्गो लागेको छैन । जिल्लाको इस्मा गाउँपालिकाको केन्द्र अझै टुङ्गो नलागेको हो ।

स्थानीय तह बनेको तीन बर्ष पूरा भयो । गुल्मीका अन्य ११ वटै स्थानीय तहका केन्द्र टुङ्गो लागेपनि वर्तमान नेपाल सरकारका श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज बिष्टको गाउँमै केन्द्र टुङ्गो नलाग्नु दुखद बिषय बनेको छ ।

त्यति मात्रै नभई गुल्मी जिल्लाका समन्वय समिति लक्ष्मण पराजुलीको घर पनि इस्मा गाउँपालिका नै हो । त्यत्ति मात्रै नभएर बिशेष र बिशिष्ट ब्याक्तिहरु पनि इस्मा गाउँपालिकामा नभएको भने हैन ।

गुल्मीका अन्य केहि स्थानिय तहका आफ्नै कार्यालय समेत हुदाँ इस्मा गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्नु दुखद बिषय नै बनेको छ ।
केही अघि केन्द्रकै बिषयमा मत संकलन पनि गरियो चाँपटारी हुने कुरा पनि भयो । तर फेरि विवादका कारण त्यहाँ पनि हुन सकेन । यति लामो समय सम्म पनि केन्द्र टुङ्गो लाग्न नसक्दा स्थानीय हैरानी बनेका छन् ।

गाउँपालिकाले असार मसान्तसम्म केन्द्र टुङ्गो लगाएर नै छोड्ने भनेपनि गाउँपालिकाको केन्द्र टुङ्गो नलाग्नु कानुन कै समस्याले गर्दा रहेको पुनः संरचनाका आयोगले जनाएको छ । पुनः संरचना आयोगले देशभरका स्थानिय तहको नाम र केन्द्र तोक्ने जिम्मेवारी पाएको हुन्छ । पुनः संरचना आयोगकाले हाल केन्द्र ताकेकै ठाउँमा बनाउने भनेको छ । केन्द्र तोक्ने प्राविधिक सहयोगले भने चाँपटारी बनाउने भन्यो त्यहि कारणले पनि केन्द्र अझै टुङ्गो नलागेको बताइएको छ ।

हाल गाउँपालिकाको कार्यालय भएको ठाउँमा हुनुहुन्न भन्ने मत दुईतिहाइ भयोभने केन्द्र अन्यत्र सारिने छ । होइनभने हाल कार्यालय भएकै ठाउँमा केन्द्र तोकिने कानुन अनाुसारको प्रावधान रहेको छ ।

यसलाई केन्द्र र नाम तोक्ने प्राविधिक सहयोग र पुनः संरचना आयोगको कुरा नमिल्दा टुङ्गो नलागेको बताइएको छ । यसलाई ६ महिनापछि मत संकलन गरि कार्यालय भएको ठाउँमा केन्द्र हुनुहुन्न भन्ने मत दुईतिहाई भएमा केन्द्र अन्यत्र तोकिने बताइएको छ । यदि त्यसो नभए अहिले कार्यालय भएको ठाउँमा नै केन्द्र तोकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.