काठमाडाैं, भदाै १७ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विजयप्रकाश मिश्रलाई उपस्थित हुन सूचना जारी गरेकाे छ । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको एक विवादित अडियो रेकर्ड गरेर सार्वजनिक गरेका मिश्रलाई साे प्रकरणमा बयानका लागि एक साताभित्र आयोगमा उपस्थित हुन अख्तियारले सार्वजनिक सूचना निकालेको हाे ।
तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड कमिसन मागेकाे अडियो मिश्रले सार्वजनिक गरेका थिए । साे प्रकरणपछि बाँस्काेटाले मन्त्रीबाटै राजीनामा दिनुपरेकाे थियाे ।
मिश्रले यसअघि उक्त अडियाे प्रकरणबारे अख्तियारलाई अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । पछिल्लाे समय मुलुकबाहिर रहेका मिश्रले अडियो रेकर्ड गर्ने उपकरण जापानमा रहेकाले त्यही लिन आफू जापान आएको र लकडाउनका कारण फर्किन नपाएकाे भन्दै एक विज्ञप्ती जारी गरेका थिए । तर अख्तियारले भने काेराेना महाकारीकै बीच उनलाई बयानका लागि बाेलाएकाे छ ।
