मन्त्री गुरुङले गरे ह्विलचियर वितरण

रिपोर्ट नेपाल | 2018 Oct 06 | 12:43 pm 2057

दमौली, असोज २० : सामाजिक सेवामा सक्रिय उपस्थिती जनाउदै आएको लायन्स क्लब अफ शुक्लागण्डकी टाउनले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा शुरु भएको शुक्लागण्डकी लायन्स महोत्सवको अवसर पारेर क्लबले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको हो ।

क्लबले शुक्लागण्डकी नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने ५० जना अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर वितरण गरेको बताइएको छ ।

ह्विलचियर गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, लायन्स क्लब अफ नेपाल ३२५ बी १ का डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले वितरण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.