मन्त्री अधिकारीलाई राजिनाको लागि दबाब, लुम्बिनी प्रवेश गर्न नदिने चेतावनी

| 2019 Jan 14 | 08:08 am 1781

बुटवल , पुस ३० : वाइड बडीमा खरिदमा भएको भ्रष्टाचारको आरोप खेपिरहेका पर्यटन, संस्कृति तथा नागरिक उड्‍डयन मन्त्री रविनन्‍द्र अधिकारीलाई राजीनामको दबाब परेको छ। उनले राजीनामा नदिए लुम्बिनी प्रवेशमा समेत प्रतिबन्ध लगाउने जनाइएको छ।

प्रदेश ५ को प्रदेश संसद्मा सांसद्हरुले वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितताबारे प्रश्न उठाएका छन् । प्रतिपक्षी दल कांग्रेसका सांसद्ले प्रदेशसभामा वाइडबडी प्रकरणबारे प्रश्न गर्दै केन्द्र सरकारका पर्यटनमन्त्री अधिकारी पनि आरोपित भएकाले राजीनामा दिन माग गरेका हुन्।

विपक्षी सांसद्ले मन्त्री अधिकारीले राजीनामा दिन नमाने प्रधामन्त्री केपी ओलीले भएपनि बर्खास्त गर्नुपर्नेमा माग राखे । आइतबारको संसद् बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद् फखरुद्दिन खानले वाइडबडी विमान खरिद प्रकरणमा पर्यटनमन्त्री अधिकारी नै बिबादमा मुछिएकाले अविलम्व राजीनामा दिनुपर्ने बताए । उनले तत्काल राजीनामा नदिए आगामी दिनमा लुम्बिनीमा हुने कार्यक्रममा बहिष्कार गर्नेसम्मको चेतावनी दिए।

त्यस्तै उनले प्रदेश संसद तथा सरकारले एउटै गाडीलाई फरकफरक मुल्यमा खरिद गरिनु र मुल्य पनि बजार मुल्य भन्दा अत्यधिक बढी भएकोबारे प्रदेश सरकारमाथि प्रश्न उठाए । यो विषय गम्भिर रहेका सत्यतथ्य छानविनको पनि उनले माग गरे।

सवारी खरिदबारे कांग्रेसका अर्का सांसद वीरबहादुर रानाले प्रकृया पुर्‍याएर खरिद गरिएको भएपनि मनपरी नगर्न सचेत गराए । उनले प्रश्न गर्दै भने,‘जनताको जिवनस्तर हेरेर सेवा सुविधा लिनुपर्दैन ? करोडौं खर्च गरेर गाडी खरिद गरेर प्रदेशलाई कता लैजान खोजिएको हो ?’

रानाले अघि भने,‘विपक्षी दलले सरकारलाई काम गर्न कुनै अवरोध छैन तर केही काम नै भएन । अब पनि नबोल्ने हो भने जनतामाथि अन्याय हुन्छ ।’ उनले सरकारलाई विकासका खाका कोर्न र काम गर्न सुझाव दिँदै त्यसमा सहयोग गर्न तयार रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.