मन्त्रीपिच्छे फरक धारणाले स्थानीय तहलाई काम गर्न अलमल

रिपोर्ट नेपाल | 2020 May 20 | 07:47 am 1966

काठमाडाैं, जेठ ७ः कोरोना महामारीसँग जुध्ने सवालमा संघ र स्थानीय तहबीच समन्वय नहुँदा स्थानीय तहलाई काम गर्न अलमल भएको स्थिति छ । त्यसमाथि मन्त्रीपिच्छे फरक धारणाका कारण स्थानीय तहलाई काम गर्न झन् अलमल भएको बताइएको छ ।

राहत वितरणदेखि, लकडाउनको पालना गराउने र घरभाडा छुट गरेको वा नगरेको अनुगमन कार्यमा मन्त्रीपिच्छे फरक धारणा आउने गरेको काम गर्न कठिनाइ भएको स्थानीय तहका प्रमुखहरू बताउँछन् ।

शहरी क्षेत्रका घरधनीले श्रमिक र साना व्यवसायीबाट चैत महिनाभरिको घरभाडा लिएको वा नलिएको अगुमगन गर्न स्थानीय तहलाई सरकारले मौखिकरूपमा जिम्मेवारी दिएको थियो । यस विषयमा अनुगमन गर्न व्यावहारिक नभएको स्थानीय तहले सरकारलाई भनिसकेको छ ।

यस विषयमा संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट दृष्टिकोण र समन्वय खासै नभएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए । मन्त्रीहरूको फरक–फरक धारणा आउँदा काम गर्न अलमल हुने स्वाभाविक रहेको बताउँदै मेयर शाक्यले भने–सरकारले समन्वय नगर्ने हो भने स्थानीय तहले मात्र अहिलेको महामारीको सामना गर्न सक्दैन ।

चैत्र ११ गतेदेखि जारी लकडाउनको ५०औं दिनसम्म काठमाडौं उपत्यका कोरोना भाइरसबाट पूर्ण सुरक्षित थियो । यसलाई मध्यनजर गरी सरकारले उपत्यकामा लकडाउन खुकुलो गरेर आर्थिक गतिविधि सञ्चालन गर्न के सुरू गरेको थियो, काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिन थाले । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.