मन्त्रिपरिसद्को बैठकले टुङ्गो लगाउन सकेन नयाँ आईजीपी

रिपोर्ट नेपाल | 2020 Feb 10 | 05:51 pm 1368

काठमाडौं, माघ २७: सोमबार बसेको मन्त्रिपरिसद्को बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) टुङ्गो लगाउन सकेन ।

वर्तमान महानिरीक्षक सर्वेन्द्र खनालले बुधबारदेखि अनिवार्य अवकाश पाउने भएका छन् । यससँगै नयाँ आईजीपीको विषयमा सर्वत्र चासो रहे पनि सोमबार बसेको मन्त्रिपरिषदमा यस विषयले पूर्णता पाउन सकेन ।

स्रोतका अनुसार आईजीपी नियुक्ति विषयमा छलफल गर्न मंगलबार फेरि मन्त्रिपरिषद बैठक बस्ने बताइएको छ । जसको लागि मंगलबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ ।

सोमबार बसेको बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सामान्य छलफल भएको बुझिएको छ । तर टुङ्गो लाग्न भने सकेन ।

नयाँ आइजिपीका लागि तीन डीआईजीले दाबेदारी प्रस्तुत गरिरहेका छन् । जसमा प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्याय रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.