मन्त्रिपरिषदले गर्‍यो सचिवमा बढुवासहितका १७ निर्णय (सूचीसहित)

रिपोर्ट नेपाल | 2019 Oct 24 | 06:58 pm 1464

काठमाडौं, कार्तिक  ७ : सरकारले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्नेसहितका विभिन्न १७ निर्णय गरेको छ ।

गत कात्तिक ५ गते बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

यसैगरी कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने, नेपाली सेनाका लेखा उपरथी भुवनबहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आज (बिहीबार) नियमित पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.