मन्त्रालयबाट निलम्बन भएका एसएसपी पाल घरबाट पनि बहिष्कृत

| 2023 Jun 20 | 11:30 am 4077

काठमाण्डौं असार ५ । घर विदामा जान लागेकी महिला प्रहरीलाई संचार सेट बाटै कोठामा बोलाएर शारिरीक सम्पर्कका लागि दबाव दिएका वरिष्ठ प्रहरी उपरीक्षक योग बहादुर पाललाई गृह मन्त्रालयले मात्र निलम्बन नगरेर सात फन्को मारेर ल्याएकी श्रीमती र परिवारले समेत गृह प्रवेशमा रोक लगाएर पारिवारीक कारवाही गरेका छन । वरिष्ठ उपरीक्षक पालको यो पहिलो घटना नभएर उनी पटके भएका कारण श्रीमती र परिवारले उनलाई चेतावनी दिनका लागि त्यस्तो गरीएको कुरा समाचार स्रोतको दावी छ ।

वरिष्ठ उपरीक्षक पाल नेपाल प्रहरी संगठन भित्र पनि चरित्रहिन अधिकृत भनेर परिचित थिए । आफ्नै सह‌कर्मीलाई दुर्व्यवहार गरेपछि पाल विरुद्ध उजुरी परेको थियो। पालले पीडित कर्मचारीलाई फकाउन जति अनुनय विनय गरे पनि उनले

स्वाभिमानको ख्याल गर्दै नमाने पछि प्रदेश कार्यालय महेन्द्रनगरका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको नेतृत्वमा छानविन समिति बनाइएको थियो । छानवीन समितिले दोषी ठहर गर्नु अघि नै पाललाई प्रहरी प्रधान कार्यालयले जिम्मेवारी बाट हटाइसकेको थियो। सोलुखुम्बुमा प्रहरी नायव उपरीक्षक रहँदा पनि पालले कर्मचारीकै छोरीमाथी आँखा लगाएका थिए। त्यो घटनाको जानकारी पछि तत्कालिन प्रहरी महानिरीक्षकले उनलाई सेवाबाट हटाउन लाग्दा श्रीमतीले बचाएकी थिइन । कुकुरको पुच्छर १२ वर्ष ढुङग्रामा राखे पनि बाङ्‌गाको बाङ्गै, भने जस्तै उनले आफ्नो चरित्र नसुधारेक कारण परिवारबाट समेत कारवाहीमा परेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.