मन्त्रालयगत बजेट प्रणाली बन्द

| 2023 May 28 | 07:39 am 1089

काठमाडौँ, जेठ १४ः अर्थ मन्त्रालयले मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस) बन्द गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारी भइरहेकाले जेठ १६ सम्मका लागि उक्त प्रणाली बन्द गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त प्रणाली बन्द गरिएको हो ।

एलएमबिआइएस कम्प्युटर प्रणालीमा आधारित सफ्टवेयर प्रणाली हो । बजेटमा आबद्ध कार्यक्रमको तयारी र खर्चमा सहजता ल्याउने उद्देश्यका साथ सरकारले यो प्रणाली सञ्चालनमा ल्याएको हो । वार्षिक कार्यक्रम  कार्यान्वयन गर्ने सबै सरकारी निकाय, मन्त्रालय, विभागले यसै प्रणाली अनुसार कार्यक्रमको तर्जुमा र खर्चको योजना बनाउनुपर्छ ।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.