काठमाडाैं, साउन २४ । अविरल वर्षाको कारण भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका ९ र काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहराखोला पुलको बीच भागमा अड्किएका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
खोटाङ्ग जिल्लाको बतासे गाउँपालिका १ का ५१ वर्षिय किरण राई सो खोलामा आएको बाढीको कारण पुलको बीच भागमा रहेको पिल्लर माथिको स्ल्यावमा अड्किएका थिए । उनलाई नं. २२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्वार सामाग्रीसहित खटिएको टोलीले सकुशल उद्वार गरेको जनाइएकाे छ ।