मनी ट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार

रिपोर्ट नेपाल | 2018 Nov 28 | 04:13 pm 1861

इटहरी, मंसिर १२ : सुनसरीको इटहरीस्थित रहेकाे एक्टीभ मनी ट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार भएको छ । बुधबार दिउँसो मनी ट्रान्सफरका सञ्चालक सविन दाहालमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट दाहाल घाइते भएका छन् । मुखमा पट्टी बाँधेर आएका एक व्यक्तिले सञ्चालकलाई छुरा प्रहार गरी नगद लुटेर भागेको प्रहरीले जनाएको छ । ति नगद लुटियो भन्ने खुलेको छैन । दाहाल दाहाललाई उपचारका लागि धरानस्थित विपी अस्पताल लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.