मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटियाे

| 2023 Jul 11 | 01:08 pm 1777

काठमाडौँ, असार २६ । मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९- एनए एमभी कलसाइन भएको मनाङ एयरको दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार ५ जनाको शव फेला परेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हेलिकप्टरमा सवार ६ जनामध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ, भने एक जनाको अवस्था अझै अज्ञात रहेको बताइएको छ ।

मनाङ एयरका अनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए, भने ५ जना मेक्सिकन रहेका थिए ।  दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.