मनाङमा वडा अधिवेशन नहुँदै जिल्ला सभापति चयन

रिपोर्ट नेपाल | 2021 Sep 02 | 01:58 pm 2201

मनाङ, भदाै १७ः नेपाली कांग्रेसको वडाअधिवेशन भदौ १८ गतेबाट सुरु हुने भनिएको छ । तर हिमाल पारीको जिल्ला मनाङमा भने नयाँ नेतृत्व चयन गरिसकिएको छ ।

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनको मिति नजिकिएसँगै मनाङमा सर्वसम्मत रुपमा पार्टीको नयाँ जिल्ला नेतृत्वको टुंगो लागाइएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

उनका अनुसार मनाङ काँग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्यसमिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरेको काँग्रेस सचिव गुरुङले बताए । उनले भने, ‘कांग्रेसका लागि मनाङको जिल्ला नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरिएको छ ।’

‘हामीले सवै तह तथा पदमा नेतृत्व गर्नेहरूको नाम सर्वसम्मत तरिकाले टुङ्गाईसकेका छौं’ सचिव गुरुङले भने, ‘सबै नाम भदौ २२ गते घोषणा गर्ने तयारीमा र्छौं ।’

देशका विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवादमा अल्झिएकोमा मनाङ कांग्रेसले भने उदारहणीय सन्देश दिन सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.