मनमा भएको झिनो आशा पनि धेरै समय टिक्न सकेन : गगन थापा

| 2019 Feb 27 | 06:38 pm 2644

काठमाडौं, फागुन १५ : नेपाली काँग्रेसका युवा नेता गगन थापाले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी  मृत्युले मनमा भएको सानो आशा पनि भत्कीएको बताएका छन् ।

मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सामाजिक सञ्जालमा फेसबुमा स्टाटस लेख्दै मनमा भएको झिनो आशा पनि धेरै समय टिक्न नसकेको बताएका हुन् ।

नेता थापाले फेसबुकमा लेखेका छन्, ‘रविन्द्र दाइको दुर्घटनाको खबरले स्तब्ध भए, मनमा झिनो आशा थियो । तर त्यो आशा धेरै समय टिक्न सकेन । मैले आज एक असल साथी गुमाएको छु, देशले एक आशातीत नेता! रविन्द्र दाइ लगायत सवैमा हार्दिक श्रध्दाञ्जली !!

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.