मतदानको समय ९ बजेसम्म थपियो, ८ बजेसम्म ३४०० मत खस्यो

रिपोर्ट नेपाल | 2021 Dec 14 | 08:18 pm 1541

काठमाडाैं, मंसिर २८ः  शेरबहादुर देउवा र शेखर कोइरालाबीच नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ । मंगलबार राति ८ बजेसम्म ३४०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।

मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन्। दुबै उम्मेदवार राष्ट्रियसभा गृहमा भइरहेको निर्वाचनस्थलमै खटिएर मत मागिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.