मतदातालाई कम्बल बाँडेको भन्दै वडाध्यक्षविरुद्ध उजुरी

रिपोर्ट नेपाल | 2019 Nov 19 | 05:27 pm 1662

पोखरा, मंसिर ३ :  मतदातालाई कम्बल बाँडेको भन्दै पोखरा महानगरपालिकाऔ-१५ का वडाध्यक्षविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । कास्की काँग्रेस सभापति कृष्ण केसी हस्ताक्षरित विज्ञप्तिमा नेपाली काँग्रेस कास्कीले कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा–१५, पट्नेरी बस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी पार्टी नेकपाको वडा नं- १५ का वडाध्यक्ष प्रकाश पौडेलले निर्वाचन आचार आचारसंहिता विपरीत पोखरा वाड नं १५ पट्नेरी बस्तिका १२ जनालाई १२ थान वितरण गरेको जारी विज्ञप्तिमा जनाइएको छ ।

वडाध्यक्षको यस कार्यलाई काँग्रेसले मतदाता प्रभावित पार्ने मनसायले गरेको आरोप लगाएको छ । “निर्वाचनको मुखमा निर्वाचन क्षेत्रका मतदातालाई प्रलोभनमा पारी प्रभावित पार्ने मनसायले गरिएको यस प्रकारको कार्यको घोर निन्दा र भर्त्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धित निकायलाई सचेत गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

पोखरा(१५ का वडाध्यक्ष प्रकाश पौडेल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को तर्फबाट निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.