मङ्गलबार बढ्यो सुनको मूल्य

रिपोर्ट नेपाल | 2022 Aug 02 | 12:23 pm 2565

काठमाडौं, साउन १७ः सुनचाँदी बजारमा मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९५ हजार चार सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला दुई सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार नौ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.