मकवानपुर, माघ ९: बिहीबार विहान मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक एवं धनी बाराको निजगढ नगरपालिका वडा नम्बर ३ का ३४ वर्षीय परशुराम सिटौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
ना ६ त ६१८३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा सिटौलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले बताए।