मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Sep 22 | 04:06 pm 1517

मकवानपुर, असाेज ६ः हेटाैडाकाे भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको यात्रु बस दुर्घटनामा परेको हाे ।

स्थानीयका अनुसार भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको छ भने केही यात्रु बसभित्र थिचिएको आशंका गरिएको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ । बस दुर्घटनाबारे उद्धार जारी रहेकोले थप विवरण आउन बाँकी रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.