मकवानपुरको प्रहरी टोलीले ३७ केजी गाँजा सहित ३ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 20 | 04:25 pm 1882

मकवानपुर, असार ५:  अवैध लागूऔषध ३७ केजी गाँजा सहित ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ का ३४ वर्षीय साम मोहम्मद, भारत बिहार बैशाली मोहनपुरका ३४ बर्षीय मनिष कुमार, भारत बिहार नालन्दाका ४५ बर्षीया अन्नुदेवी पासमान रहेकाे प्रहरीले जानकारी दिए ।

बुधबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा वडा नम्बर ९ मा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएका प्रहरी निरीक्षक अरुणकुमार कुश्वाहाको नेतृत्वको  टोलीले उनीहरूलाई पक्राउ गरेका थिए ।

उनीहरुलाई बीआर ०१ सी एन ६९८६ नम्बरको भारतीय नम्बरको कारमा फल्स बटम बनाई लुकाई छिपाई उक्त परिमाणको गाँजा हेटौंडाबाट पथलैया तर्फ लैजादै गर्दा चेकजाँचको क्रममा फेला पारिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकरमार सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ देखि १० बर्ष सम्मको कैद, रु १५ हजार देखि रु १ लाखसम्म जरिवानाका साथै लागूऔषध काराेबारमा प्रयोग गरिएको सवारी साधन जफत हुने कानूनी प्रावधान रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.