मकल बालेर सुतेका आमा र दुइ महिने छोराको मृत्यु

रिपोर्ट नेपाल | 2019 Dec 16 | 10:28 am 1788

काठमाडौं, मंसिर ३०: कोठा न्यानो बनाउन मकल बालेर सुतेको आमा र दुइ महिने छोराको मृत्यु भएको छ । उक्त घटना कीर्तिपुर नगरपालिकाको सुन्दरबस्तीमा यस्तो घटना भएको हो ।

मृत्यु हुनेमा ३६ बर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरु निसास्सीएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

कोठामा अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताए । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.