मंगलबार प्रकाश दाहालको जन्मजयन्ती मनाइदै

रिपोर्ट नेपाल | 2019 Jul 01 | 11:57 am 2946

काठमाडौं, असार १६:  नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको भोली मंगलबार जन्मजयन्ती मनाइने भएको छ । प्रकाश दाहाल प्रतिष्ठानको आयोजनामा प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रमको समेत आयोजना गरिएको छ ।

सगरमाथा आरोही दाहालको ३८ औं जन्मजयन्तीका अवसरमा काठमाडौंको राष्ट्रिय सभागृहमा बिहान साढे एघार बजेदेखि कार्यक्रम सुरु हुने जनाइएको छ । २०७४ साल मंसिर ३ गते हृदयघातका कारण निधन भएका प्रकाश दाहालको जन्मजयन्तीमा सहभागी हुनका लागि आग्रह गरिएको छ ।

प्रकाश दाहाल प्रतिष्ठानको अध्यक्ष उनकी कान्छी श्रीमती बिना मगर हुन् । कार्यक्रमको प्रमुख अतिथि पुष्पकमल दाहाल रहने पनि आयोजकले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.