काठमाडाैं, असार ३१: यस वर्षकाे आर्थिक काराेबारलाई मध्यनजर गर्दै सरकारले आज मंगलबार राति अबेरसम्म बैंकहरु खुला राख्न निर्देशन दिएको छ । महालेखा नियन्त्रकको कार्यालयले राजश्व संकलन हुने र भुक्तानी दिने बैंकका शाखा तथा काउन्टर राति अबेरसम्म खोल्न निर्देशन दिएको हो ।
कार्यालयले खर्चको समेत चेकहरु सम्भव भएसम्म आज नै साट्ने व्यवस्था मिलाउन चेक क्लियारिंग हुने सबै शाखा काउन्टर पनि राति अबेरसम्म खोल्न निर्देशन दिएको छ।
