भ्रष्टाचार विकासकाे दुश्मन भएकाे चन्दकाे भनाई

रिपोर्ट नेपाल | 2021 Dec 24 | 10:06 am 1801

सर्लाही, पुस ९ः नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक तथा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले भ्रष्टाचार देश विकासकाे सबै भन्दा ठूलाे दुश्मन भएकाेले भ्रष्टाचारीविरुद्ध कठोररूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

सर्लाहीकाे सदरमुकाम मलङ्गवामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले महोत्तरीमा अयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आयुक्त चन्दले उक्त कुरा बताएका हुन् ।

‘जनताको हितसँग जोडिएका र सुशासनसँग जोडिएका विषय जबसम्म देशमा सुशासन हुँदैन तबसम्म जनताको प्रगति हुन नसक्ने’ उनकाे तर्क रहेकाे थियाे ।

विकास निर्माणका काममा हरेक नागरिकले निगरानी गर्नुपर्ने आजको आवश्यकता रहेको आयुक्त चन्दले बताए। सरकारी कामको सूचना माग गर्ने व्यक्तिलाई यथाशीघ्र सूचना उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । सूचना नदिने र लुकाउने व्यक्तिलाई कारबाही गर्ने उनले चेतावनी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.