भ्रष्टाचार, महंगी, मूल्यबृद्धीको विरुद्धमा तरुण दलको प्रदर्शन

रिपोर्ट नेपाल | 2019 Jan 28 | 05:59 pm 2574

धनगढी, माघ १४ :   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आज (सोमबार) कैलालीको धनगढीमा सरकारविरुद्ध  प्रदर्शन गरेकाे छ । गत मंगलबार प्रदेश नम्बर १ को विराटनगरबाट सुरु गरेको सरकारविरुद्धको सडक आन्दोलनका क्रममा तरुण दलले सोमबार धनगढीमा प्रदर्शन गरेको हो ।

सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार, महंगी, मूल्यबृद्धी, प्रेसमाथिको हस्तक्षेपसँगै वाइडबडी प्रकरण, निर्मला पन्त हत्या प्रकरणलगायतका गैर–कानुनी र अलोकतान्त्रिक क्रियाकलापविरुद्ध तरुण दलले यसअघि अन्य ६ वटै प्रदेशमा प्रदेशस्तरीय विरोध कार्यक्रम गरेको थियो ।

तरुण दलले माघ ९ गते प्रदेश नम्बर २ को जनकपुरमा, माघ १० गते प्रदेश नम्बर ३ को हेटौंडामा, माघ ११ गण्डकी प्रदेशको पोखरामा, माघ १२ गते प्रदेश नम्बर ५ को भैरहवा, माघ १३ कर्णाली प्रदेशको सुर्खेतमा सरकारविरुद्ध कार्यकर्ता सडकमा उतारेको थियो । तरुण दलले घोषणा गरेको सरकारविरुद्धको आन्दोलनलाई सघाउन कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.