भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि ठोस कदम : मन्त्री थापा

रिपोर्ट नेपाल | 2018 Jun 15 | 10:04 pm 3611

काठमाडौँ,असार १ :  गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, तस्करी, अपराध र एकाधिकारको अन्त्यका लागि मन्त्रालयले ठोस कदम चालिसकेको बताएका छन्।

आज मगर समुदायको पवित्र चाड भूमे (भूमिया) का उपलक्ष्यमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले
जनताको रगत पसिनाबाट जम्मा भएको राजश्वको सदुपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

सोही अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मगर समुदायका ऐतिहासिक –सांस्कृतिक चार्डपर्वलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

खानेपानीमन्त्री विना मगरले नेपालमा भएका हरेक परिवर्तनका आन्दोलनमा मगर समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

नेपाल मगर संघका अध्यक्ष नवीन रोक्काले आदिवासी जनजाति समुदायले मनाउँदै आएको चाडपर्वका अवसरमा दिइएको बिदालाई सरकारले कटौती गरेकामा गुनासो गरे । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.