भ्रष्टाचार गरेको भन्दै वडाअध्यक्ष्यलाई कालोमोसो र जुत्ताको माला

रिपोर्ट नेपाल | 2019 Aug 15 | 02:43 pm 2659

म्याग्दी, साउन ३० :  नेत्रविक्रम चन्द (विप्लव) समूहले म्याग्दीको बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो  दलिदिनुका साथै र जुत्ताको माला लगाइदिएका छन् ।  भ्रष्टाचार गरेको भन्दै विप्लव समूहले बिहीबार वडा कार्यालयमै अध्यक्ष थापालाई कालोमोसो र जुत्ताको माला लगाइदिएका हुन् ।

राजश्व संकलनमा नातावाद कृपावाद गरेको र बजेट वितरणमा मनोमानि गरेको भन्दै  कारबाही स्वरूप कालोमोसो दलिएको विप्लव समूह जनाएकाे छ । पटकपटक सुझाव दिँदा पनि सुधार नभएकाले चेतावनी स्वरूप कालोमोसो दलेको पार्टीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.