भ्रष्टाचारविरुद्ध आज राप्रपाले बृहत प्रदर्शन गर्दै

| 2023 May 18 | 08:11 am 813

काठमाडौं, जेठ ४ः  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दबाब दिने उद्देश्यका साथ आज काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन तथा सभाको आयोजना गरिएको राप्रपाले जनाएको छ ।

दिउँसो १ बजेबाट सुरु हुने सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.