भ्रमपूर्ण समाचार प्रति नेता बुद्धी जिसीको आपत्ति

| 2019 Mar 19 | 11:57 am 3763

काठमाडौं, चैत्र ५ : कृषीमन्त्रीसहित चिन भ्रमणमा रहेका नेकपा गुल्मीका सचिव बुद्धी जिसीले आफूहरुको भ्रमणले नेपाल सरकारलाई कुनै आर्थिकभार नपर्ने जनाएका छन् ।

Image may contain: 9 people, people smiling, people standing, suit, tree, shoes and outdoor

नेता जिसीले आफूहरुको भ्रमणबारे वास्तविकता नबुझी विभिन्न अनलाइनहरुले गलत समाचार सम्प्रेषण गरेकोमा समेत आपत्ति जनाएका छन् । आफ्नो फेसबुक स्टाटसमा लेख्दै नेता जिसीले नेपालमा गलत र भ्रमपूर्ण समाचार सम्प्रेषण भइरहँदा आफूहरुको भ्रमण भने उपलब्धिपूर्ण भएको जनाएका छन् ।

किसानको कोटामा राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्णय गरेका छुट्टै दश जना रहेको पनि जिसीले उल्लेख गरेका छन् । बाँकी सहभागिलाई चिनको इपीन नगरपालिकाको निमन्त्रणा र व्यवस्थापनमा भ्रमण भएको प्रष्ट्याउदै आधारहिन समाचार प्रति भ्रममा नपर्न जिसीले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.