भोलि पोखरामा सार्वजनिक बिदा

| 2022 Dec 31 | 03:16 pm 997

कास्की, पुस १६ः भोलि आइतबार देखि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हुँदैछ। भोलि प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि  पोखरेलीको ५० वर्ष अघिको सपना पुरा भएको उपलक्ष्यमा पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेको हाे। उद्घाटन अघि र्‍याली निकाल्ने तयारी गरिएको छ।

उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेब्रुअरी २३ देखि दैनिक १८ घण्टा उडान हुने गौतमले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.