भोलिदेखि सार्वजनिक यातायात संचालन हुने

रिपोर्ट नेपाल | 2020 Jul 19 | 03:32 pm 2046

काठमाडौं, साउन ४ः चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् ।

भोलिदेखि सार्वजनिक यातायात संचालन हुने भएको छ। सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेपनि उक्त निर्णय नमानेका व्यवसायीहरु सोमबारदेखि सार्वजनिक यातायात संचालन गर्न तयार भएका छन्।

मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन्।

यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीले भोलिबाट यातायात सञ्चालन गर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.