भोलिदेखि चार लेनको कलंकी अन्डरपास सञ्‍चालन हुने

| 2018 Aug 16 | 12:08 pm 1803

काठमाडौं, साउन ३१: चिनियाँ सहयोगमा निर्माण भएको कलंकी अन्डरपास भोलिदेखि संचालनमा आउने भएको छ।

सांसदको विकास समितिको बैठकमा बोल्दै सडक विभागका महानिर्देशक मनिन्द्र नाथ श्रेष्ठले चिनियाँ निर्माण कम्पनीसँग अन्डरपास सुरु गर्ने विषयमा छलफल भएको जानकारी दिए।

उनका अनुसार कलङ्की चोकमा अन्डरपास निर्माणको काम सम्पन्न भइसकेको छ । अन्डरपास सन्चालनमा आए सँगै सो क्षेत्रको सडक जाम कम हुने अपेक्षा गरिएको छ। ‘अन्डरपास’ चार लेन फराकिलो र ३८ मिटर लामो छ।

यो ‘अन्डरपास’ को सञ्‍चालनपछि नागढुङ्गा तर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधनहरू अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन्। त्यसैगरी, चक्रपथमा घुम्ने सवारी साधनहरू जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन्।

खसी बजारबाट नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङ्गा र कालिमाटीतिर जानका लागि पनि दुई-दुर्इ लेनको छुट्टै सर्भिस ट्रयाक निर्माण गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.