भोटेकोशीले घर बगायो, सर्पदंशबाट एक घाइते

रिपोर्ट नेपाल | 2018 Jul 16 | 11:00 am 1422

काठमाडौं, असार ३२: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ मा रहेका दुर्इ वटा घर भोटेकोशीले बगाएको छ।

सोमबार बिहान ८ बजे वर्षाका कारण नदीमा पानीको बहाव बढेर किनारमा रहेका राकाजी खत्री र नाङवारे तामाङको घर नदीले बगाएको प्रहरीले जनाएको छ।

भुकम्पले चर्काएका उक्त घरहर खाली रहेका कारण मानवीय क्षति हुनबाट भने जोगिएको छ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए। नदी किनारमा रहेका करिब १८ घर अझै जोखिममा छन्। जोखिम रहेका केही घरधुरीका परिवार सुरक्षित स्थानतर्फ सारिएको छ।

त्यसैगरी दाङको तुलसीपुरमा सर्पदंशबाट ११ वर्षीया बालिका घाइते भएकी छिन्। सोमबार बिहान ७ बजे घरमै सुतिरहेकी स्थानीय राक विककी छोरी अनिता विकलार्इ करेत सर्पले डसेको स्थानीयले जनाएका छन्। विकलार्इ उपचारका लागि नपालगन्ज बाँके पठाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.