अज्ञात समुहद्वारा भोटखोला गाउँपालिकाको कार्यालयमा आगजनी

रिपोर्ट नेपाल | 2019 Mar 30 | 09:13 pm 2025

संखुवासभा, चैत्र १६ : जिल्लाको भोटखोला गाउँपालिकाको कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । आगजनी गय राति १२ बजेतिर भएको प्रहरीले जानकारी दिए ।

आगजनीबाट कार्यालयका सम्पूर्ण कागजत तथा सामानहरु जलेर नष्ट भएको बुझिएको छ । घटना स्थल टाढा भएकोले त्यस स्थानमा पुग्न दुई दिनको पैदलयात्रा गर्नुपर्ने भएकोले क्षतिको सम्पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले बताएका छन् ।

उक्त घटनास्थल तर्फ शनिबार बिहान प्रहरी गएको र घटना स्थलमा तारजडित प्रेसरकुकर रहेकाले उक्त वस्तुको पहिचान गर्न धनकुटाबाट नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.