भोजराजलाई बचाउन स्पेनबाट अभियान शुरू

| 2021 Aug 29 | 05:18 pm 4909

अर्घाखाँची, भदौ १३ः छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखरा धरमपानीका मृगौला पीडित भोजराज पौडेललाई स्पेनमा बस्ने नेपालीले सहयोग गरेका छन् ।

आफ्नो रगत पसिना बिदेशी भूमिमा खर्चिएर पनि आफ्नो सामाजिक दायित्व सम्झि कृष्णप्रसाद मरासिनीको सकृयतामा झण्डै पाँच लाख भन्दा बढी रकम जम्मा गरिएको छ । रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार १८ वर्षीय भोजराज पौडेलको दुबै मृगौलाले काम गर्न छाडेपछि भोजराज बचाउ अभियान अभियान शुरू गरिए अनुसार स्पेनबाट उक्त रकम सहयोग भएको हो ।

No description available.

स्पेनको मायोर्कामा रहेका यूरोप अर्घाखाँची समितिका उपाध्यक्ष कृष्ण मरासिनीको संयोजकत्वमा भोजराज पौडेल बचाउ अभियान संचालन गरिएको छ ।

दुवै मृगौला फेल भएका भोजराजलाई बुटवल गौतम बुद्ध मुटु अस्पतालमा दुई महिनासदेखि उपचार भएकोमा उनलाई हाल काठमाडौंको
करुणा अस्पतालमा उपचार भइरहेको छ । घरको आर्थिक स्थिति उपचारका क्रममा दयनिय भएपछि परिवारले सहयोगको हात फैलाएको थियो ।

पौडेललाई जिवनदान दिनका लागि उनका बुबा आमाले मृगौला दिन तयार भएपनि प्रत्या रोपणका लागि आर्थिक अभाव भएका कारण दानबीरसँग सहयोगको हात बढाए अनुसार स्पेनबाट उक्त रकम सहयोग भएको हो ।

उनको जिवन रक्षाका लागि स्पेनका सहयाेगी दाताहरूमा  कृष्णप्रसाद मरासिनी 501, चुडामणि अर्याल 251, लक्ष्मी ज्ञवाली 201, बिकास पोखरेल 150, हरि तिवारी 120, मनिराज बस्तोला 101, मेघा लामा 65, राजन बन 55, महेस घिमिरे 51, दिनेश गिरि 50, सुबास सुवेदी 50, अजय रायमाझि 50, दीपक श्रेष्ठ 50, कृष्ण अर्याल 50, हरि पौदेल 50 ,सकुनतला राई 50, महेश पन्थि 50, रमेश सिटौला 50, दिपक पोखरेल मालटा 35, शास्त्री टिकाराम कदेल 30, कृष्ण खतिवडा 30, केपि गजुरेल 25.99, हरि गुनि 25, निसु सुबदी 25, भुपती 25, नारायण भण्डारी 25, दीपक बेल्भासे 31, दानिमा शर्पा 25, सुरुची श्रेष्ठ 25, प्रदिप कदेल 21, टीकाराम वोस्ती 21, बिसनु रिजाल 20, सबितृ भण्डारी 20, सन्जय अर्याल 20, पुरुषाेत्तम वस्ताकोटी 20, कृष्ण वाग्ले 20, बलाराम वाग्ले 20,मनिराम पाठक 20, अस्मि राई 20, बिक्रम सुनिल 20, हाकम सिह 20, बालक नाथ 20, पन्थी भाइ 20, कुमार आले 20, सबिन्द्र गौतम 20, माटिन माटिन 10, कृस श्रेष्ठ 25, सरोज पन्थी पोर्तुगल 51, अजय पन्थी पोर्तुगल 51, आन्द्रस रेस्टुरेन्ट 180, मालति फुल्लेल 151, तारानाथ सापकोटा 100, राजेश थापा 80, मुकु भट्ट 75, विकाल प्रस्ताब 51, शिव लामिछाने 51, बाबुराम शर्मा 50, समीर भट्टराई 50, मिलन 50, स्वोश्हा गुरुङ 40, तामाङ पासाङ भुटि 40, वालिका पुन 51, माया गुरुङ 31, रामकाजी गुरुङ 31, नारायण बिस्वकर्मा 31, सबिता राई 30, बिनिता गुरुङ 30, किरन सुवेदी 30, होम प्रसाद गुरुङ माइला 30, अप्सरा गौतम 25, टीका कुमारी 20, गोविन्द चंन्द बोहरा 20, सुशिला श्रेष्ठ भुजेल 20, टीकाराम कडेल 30, जम्मा= 40003 यूरो । जम्मा कुल मध्ये 180 यूराे बिमारिको खातामा जम्मा भइसकेका छ । उक्त रकम नेपाली करिब 5 लाख 60 हजार रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.