भोजपुर उडेको निगमको जहाज काठमाडौं नै फर्कियाे

रिपोर्ट नेपाल | 2022 Nov 18 | 03:30 pm 1401

काठमाडौं, मंसिर २ः काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर जहाज प्राविधिक समस्याका कारण बीचबाटै फर्काइएको छ ।

निगम स्रोतका अनुसार शुक्रबार यो जहाजले भोजपुर, फाप्लु र दाङमा उडान गर्ने तालिका थियो । निगमले जहाज ग्राउन्डेड भएपछि शनिबार निर्धारित उडान समेत रद्द गरेको छ । यसले सयौं यात्रु प्रभावित बन्ने छन् ।

जहाजमा १५ जना यात्रु सवार थिए । जहाज ग्राउन्डेड भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.