काठमाडौं, असार २६: सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द नेतृत्वकाे कार्यकर्ता र प्रहरीबीच भोजपुरमा दुईजनाको मृत्यु हुनेगरी भएको भिडन्तपछि विप्लव समूहले विज्ञप्ति निकालेको छ ।
विज्ञप्तिमा सगरमाथा ब्युरो इञ्चार्ज अधिकारका नामबाट जारी प्रहरी सञ्जीव राईसँग जम्काभेट हुँदा प्रतिरोधका क्रममा नीरकुमार राई (प्रशान्त)को शाहदत भएको उल्लेख गरिएको छ ।
गत जेठ ७ गते भोजपुरमा आफ्ना पार्टी सदस्य तीर्थराज घिमिरेलाई टेम्के मयुम गाउँपालिका–२, दलसिंगेस्थित बाटो हिँडिरहेका वेला गिरफ्तार गरी चरम यातना दिइ हत्या गर्ने मध्येका एक प्रहरी सञ्जीव राई भएको विज्ञप्तिमा उल्लेख छ ।
(विज्ञप्ति)
