भोजपुरमा ट्रयाक्टर दुर्घटना : एककाे मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2019 Mar 23 | 12:41 pm 2438

भोजपुर, ९ चैत :  आमचोक गाउँपालिकाको दुम्मानामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परि आमचोक गाउँपालिका–४ बालंखाका २५ वर्षीय चालक भविन्द्र राईको ज्यान गएको हो । त्यस्तै दुर्घटनामा परि दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा महोत्तरी जिल्ला घर भएका सहचालक ४० वर्षीय हरि खत्री र आमचोक गाउँपालिका –१, बस्ने शंखर कार्की रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । कार्कीको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।

रानीबासबाट बालंखातर्फ आउँदै गरेको ना ५ त ९४३२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुम्मानाको कामीडाँडा भन्ने स्थानमा सडकबाट झण्डै आठ सय मिटर तल झरेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.