भोजपुरमा ग्यास सिलिन्डर लिक भएर आगलागी

रिपोर्ट नेपाल | 2018 Oct 07 | 06:45 pm 2483

भोजपुर, असोज २१ : भोजपुरमा ग्यास सिलिन्डर लिक भएर घरमा आगलागी भएको छ। सदरमुकाममा रहेको चेङ्मेनी चोकस्थित जयबहादुर तामाङको घरमा एक घरमा दिउँसो तीनबजे ग्यास सिलिन्डर लिक आगलागी भएको हो।

घरमा सञ्चालित केएफसी होटलबाट सुरु भएको आगो करिब आधा घण्टापछि स्थानियवासीसँगै प्रहरी र नेपाली सेनाको प्रयासमा नियन्त्रणमा आएको थियो। आगलागीबाट उक्त घरमा सञ्चालित केएफसी होटलसँगै अर्को एक किराना पसलको सम्पूर्ण सामान जलेर नष्ट भएको छ।

मानवीय क्षति भने केही नभएको उक्त आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आगो चाँडै नियन्त्रणमा आएकोले अन्य घरहरू क्षति हुनबाट जोगिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.