भोजपुरमा एक हजार सवारी साधनलाई कारवाही

रिपोर्ट नेपाल | 2018 Sep 11 | 06:39 pm 2406

भोजपुर, भदौ २६ :  भोजपुरमा गत आवमा एक हजारभन्दा बढी सवारी तथा ढुवानीका साधन कारवाहीमा परेका छन् । ट्राफिक नियम विपरीत सञ्चालनमा रहेका सवारी तथा मालवाहक ढुवानीका साधन कारवाहीमा परेका हुन् ।

नियम विपरीत सञ्चालनमा रहेका दुईपाङ्गे्र र चारपाङ्ग्रे गरी एक हजार तीन सय ७७ वटालाई कारवाही गरिएको छ । तिनमा ५२१ ट्रयाक्टर, ४३२ मोटरसाइकल, ३००ट्रक, १५७ जीप तथा कार र ३४ बस कारवाहीमा परेको ट्राफिक प्रहरी पोष्ट भोजपुरले जनाएको छ ।

कारवाहीमा परेका अधिकांश सवारी चालकले मादकपदार्थ सेवन गरेको, क्षमताभन्दा बढी भार बोकेको, सिटबेल्ट र हेल्मेट नलगाएको र बिलबुक तथा सवारी चालक अनुमतिपत्रविना सवारी चलाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ । सबै खालका साधनलाई कारवाही गरेरु वापत सात लाख ८७ हजार राजस्व सङ्कलन गरिएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.