- महेश सिंह
सिरहा, चैत १२ः सिरहाको कल्याणपुर गाउँपालिका ६ भोक्राहामा प्रदेश सरकारले कोरोनाको समयमा पठाएको राहत विवादमा परेर रोकिएको राहतको सामाग्री वितरण गरिएको छ ।

वडा अध्यक्ष मोतिबुल राईनले केही महिना अगाडिदेखि बाड्न लागेको राहत विवादमा चुलीएको थियो।
घरेलु तथा साना उद्योग कार्यालय मार्फत करिब ११ महिना आगाडी पठाएको राहत स्थानीय राजनितिक विवाद र खिचातानीका कारण बितरण हुन नसकेको राहत बुधबार स्थानीय राजनितिक दलका प्रतिनिधि, वडा सदस्य समाजका बुद्धिजिबि भद्रभलादमिको रोहबरमा राहत वितरण गरेको हो। राहतको विषय लिएर बिगत १५ दिन देखि विवाद चल्दै आएको थियो ।

बिवाद सुल्झाउन विभिन्न दलका प्रतिनिधिको सर्वदलिय बैठक बसेको थियो। उक्त बैठकबाट निर्णय भई राहत वितरण गरेका सम्बन्धित वडाका अध्यक्ष राईनले बताए । वडाका दलित र बिपन्न परिवार पहिचान गरी ५८ घर धुरीलाई राहत दिएका छन् ।
सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत दोस्रो चरणको राहत वितरण गर्न सिधै वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको थियो।
महामारीबाट प्रभावित अतिविपन्न र मजदुरका लागि सरकारले गत जेठमा दोस्रो चरणको राहत कार्यक्रम घोषणा गरेको थियो ।
प्रदेश २ सरकारले घरेलु तथा साना उद्योगको कार्यालय लहान सिरहाबाट उक्त राहत पठाएको थियो ।
राहत सामग्रीमा १ बोरा चामल, १ प्याकेट खाने तेल, १ किलो नुन, २ सय ग्राम स्वयाविन र १ पिस हात धुने साबुन लगायतका सामग्रीहरु हस्तान्तरण गरेको वडा नं. ६ वडा अध्यक्ष मोतिबुल राईनले बताए।