भोकलाग्योलाई कोरोना लाग्याे

रिपोर्ट नेपाल | 2020 Sep 12 | 03:16 pm 2649

काठमाडौं, भदाै २७ः आफुलाई कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिँदै चर्चित हाँस्यकलाकार देवीराम पराजुली (भाेकलाग्याे)ले सामाजिक संजाल मार्फत आफ्ना फ्यान र शुभचिन्तकलाई जानकारी गराएका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने टेली सिरियल जिरे खुर्सानीमा भोक लाग्यो भन्ने भूमिकामा अभिनय गरेर चर्चामा आएका कलाकार पराजुली काेराेना संक्रमणका कारण अहिले आराम गरिरहेको र आँफुलाई सुधार हुँदै गएको उल्लेख गरेका छन् ।

उनले समयमा केही असहज भएको भएता पनि अहिले भने आफुमा आत्मविश्वास बढेको र कोरोनालाई जित्ने प्रतिक्षामा रहेको उनले सामाजिक संजालमार्फत जनाएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा गरेकाे पोष्ट 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.