भैसी चोर्दै गर्दा तीन जान पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 22 | 12:27 pm 1643

सप्तरी, कात्तिक ५: जिल्लाको रुपनी गाउँपालिका–१ रामपुरस्थित एक व्यक्तिको भैसी चोर्दै गर्दा तीन जनालाई प्रहरील पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ का २६ वर्षीय मो रफिल मियाँ, सिरहा महेशपुर पतारी गाउँपालिका–४ का ३५ वर्षीय नसरुल मियाँ र धनुषा गणेशमान चारनाथ नगरपालिकाका २८ वर्षीय नारायण बुढाथोकी रहेका प्रहरीले जानाकरी दिए ।

सोमबार साँझ स्थानीय विशेश्वर यादवको गोठमा बाँधेको भैँसीको चोरी गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

भैँसी चोरी गर्दै गरेको अवस्थामा मियाँलाई नियन्त्रणमा लिइएको र उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीलाई अन्य साथीसमेत चोरीमा संलग्न रहेको भनी बयान दिएका आधारमा थप २ जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

सो क्रममा खोजतलास गर्दै जाँदा ज १ च १२०१ नम्बरको पिकअपसहित भैँसी लोड गर्न रुपनीचोकमा बसिराखेको अवस्थामा उनीहरुलाई पिकअपसहित पक्राउ गरिएको प्रहरीले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.